१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चाडपर्व विशेष योजना लागू

चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार लामो दूरीका सवारीमा हुनसक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राख्दै सादा पोसाकका तथा बर्दीका प्रहरी परिचालन गरिएको छ। उनीहरुले लामो दूरीका सवारी साधनमा हुने लुटपाट, चोरी र बढी भाडा लिने समस्या समाधानमा आउने कार्यालयले विश्वास लिएको उनले जानकारी दिए।

यस्तै योजना कार्यान्वयनका क्रममा ६९ युनिटले आवश्यकताअनुसार आकस्मिक चेकजाँच, पिकेट कार्यक्षेत्रमा कडाइ, क्युआरटी टोलीलाई थप तथा परिचालन, आपराधिक घटना हुने क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालनलगायत काम भइरहेका छन्। थापाका अनुसार बाटो अवरोध भएमा खुलाउन स्ट्राइकिङ टोली र आवश्यक सहयोगका लागि मौजुदा टोलीसमेत तयारी अवस्थामा राखिएको छ।

यस कार्यका लागि जिल्लामा रहेका ७३७ प्रहरी जनशक्ति परिचालन गरिएको छ। चाडपर्व लक्षित सुरक्षा योजनाका कार्यक्रम नियमित हुने कार्यक्रमभन्दा फरक रहेको उनको भनाइ छ। चाडपर्वमा हुनसक्ने विभिन्न घटनालाई मध्यनजर गर्दै जिल्लाका ३० स्थानमा चौबिसै घण्टा विशेष टोली परिचालन गरिएको उहाँले जानकारी दिए।

यस्तै चाडपर्वको समयमा अस्वाभाविक रुपमा हुने मूल्य वृद्धि र अखाद्य वस्तुको बिक्री वितरण हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमनलगायतका काम भइरहेको छ।

प्रकाशित: २१ आश्विन २०७८ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App