१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा एकजनाको मृत्यु

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको कौशलटार चोक नजिक सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३२ प ६६७३ नं को पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खान गई दुर्घटना हुँंदा मोटरसाइकल चालक पर्सा वीरगंञ्ज महानगरपालिका वडा नं. २० घर भई हाल भक्तपुर नगरपालिका वडा नं. १० कमलबिनायक बस्ने वर्ष ३० को लोकनाथ ठाकुरको मृत्यु भएको हो।  

घटनास्थलमा महानगरीय प्रहरी प्रभाग बालकोट भक्तपुरबाट प्र.ना.नि. भुवन खड्कासहितको प्रहरी टोली घटनास्थलमा पुगी गम्भीर घाइते ठाकुरलाई उपचारका लागी भक्तपुर ईन्टरनेशनल अस्पताल लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार जिल्ला वीरगन्ज महानगरपालिका वडा नं. २० घर भई हाल ई.प्र.का.चन्द्रनिगापुर रौतहटमा कार्यरत प्रहरी हवल्दार सीयाराम सिंहलाई उपचारका लागि नागरिक अस्पताल ठिमी भक्तपुर लगी प्रारम्भिक उपचार पश्चात थप उपचारका के.एम.सि. अस्पताल सिनामंगल काठमाडौँलगिएकोमा पुनः थप उपचारका लागि नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौँ रिफर गरिएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। 

घटनास्थलमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य गरिएको जनाइएको छ। तीब्र गतिका कारण आफै अनियन्त्रित भई दुर्घटना भएको खुल्न आएको जनाइएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।  

प्रकाशित: १९ आश्विन २०७८ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App