coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुर्घटना रोक्न ट्राफिक एक्लैले सम्भव छैन : बिसी

प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी)अरुणकुमार बिसीले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी एक्लैबाट सम्भव नहुने बताएका छन्। सडकमा ट्राफिक प्रहरीले राजदूतको रूपमा काम गरिरहेको बताउँदै उनले बढ्दै गएको दुर्घटना न्यूनीकरण भने ट्राफिकबाट मात्रै सम्भव नहुने प्रष्ट पारे।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ६६ औं प्रहरी दिवसको अवसर पारेर विराटनगर बसपार्कमा आइतबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै डिआइजी बिसीले दुर्घटना नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताए।  

सबै पक्षसँग हातेमालो र सहकार्य गर्दै सडक सुरक्षाका दृष्टिकोणले प्रदेश १ लाई मुलुककै नमूना बनाउने गरी काम भइरहेको उनले बताए। चाडपर्वका बेला हुनसक्ने सम्भावित अपराधलाई मध्यनजर गर्दै सुरक्षा योजना बनाएर लागू गरिएको डिआइजी बिसीले बताए। स्वास्थ्य मानिसको सबैभन्दा ठूलो धन भएको बताउँदै उनले ट्राफिक प्रहरीले आयोजना गरेको शिविरबाट यातायात मजदुर र प्रहरीका परिवारलाई अधिक लाभ लिन आग्रह गरे।  

कार्यक्रमका अवसरमा डिआइजी बिसीले यात्रु सहायता कक्षको समेत उद्घाटन गरेका छन्। चाडपर्वका बेला यात्रुको सुविधाका लागि प्रदेश १ भरी नै यात्रु सहायता कक्षा सञ्चालन गरिएको जानकारी उनले दिए।  नोबेल शिक्षण अस्पताल, नेपाल औषधि व्यवसायी संघ मोरङ, नेपाल यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघसमेतको सहकार्य एवं सहयोगमा शिविरको आयोजना गरिएको हो। त्यस अवसरमा तीन जना सवारी चालकलाई सम्मान गरिएको छ। सम्मानित हुनेहरुमा सवारी चालक धर्मकुमार अधिकारी, दीपक बुर्जामगर र अम्बिका अधिकारी छन्। विराटनगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष पदमकुमार श्रेष्ठलाई पनि सम्मान गरिएको छ।

शिविर आयोजनाका लागि मद्दत गर्ने औषधि व्यवसायी संघ मोरङ र नोबेल शिक्षण अस्पताललाई पनि सम्मान गरिएको छ। निःशुल्क स्वास्थ्य शिविरमा भिडियो एक्स–रे, इको, इसिजी, ल्याब परीक्षणलगायतका सेवा लिन सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले बताए।

प्रकाशित: १७ आश्विन २०७८ १५:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App