१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

मान्छे मार्ने भालु मारियो

जुम्लाको गुठिचौर गाउँपालिका ५ मा हिँडिरहेका पैदलयात्रीमाथि आक्रमण गर्ने भालु मारिएको छ। भालुले गुठिचौर ३ का हिमा लामामाथि आक्रमण गरेर मारेको थियो। सो घटनाले गाउँमा निकै त्रास फैलिएको थियो।

'भालु आक्रमण गरेर नजिकैको झाँडीमा लुकेको रहेछ', प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले भने,‘नरभंक्षी हिंस्रक भालु मारिएको छ।’

अहिले गाउँमा भालु पसेपछि त्रासित जनजीवन सामान्य बनाउने कार्य भइरहेको उनले बताए। भालु कुम्डी र फाई गाउँमा पसेको थियो। स्थानीयले लखेटेपछि पैदलयात्रीमाथि आक्रमण गरेको थियो।  

भालुले मान्छे मारेको खबर पाउने वित्तिकै सुरक्षा समितिको टोली नै घटनास्थल पुगेको थियो। स्थानीयले तत्काल हिंस्रक प्रकृतिको भालु नियन्त्रणमा लिएर मार्न माग गरेका थिए।

प्रकाशित: १७ आश्विन २०७८ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App