४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्घटनामा नौ महिनाका बालकसहित तीन जनाको मृत्यु

सुनसरी र मोरङमा भएका अलगअलग दुर्घटनामा नौ महिनाका बालकसहित तीन जनाको मृत्यु भएको छ। शनिबार साँझ सुनसरी दुहवी वडा नं. १० चरैयाको भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ। को १९ प ५०८ नम्बरको  मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा चालक दुहवी वडा नं. ११ का ११ का ४५ को ईश्वरचन माझी चौधरीको टाउँकोमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि विराट टिचिङ अस्पताल पठाएकोमा राति उपचारको क्रममा मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

यसैगरी, शनिबार राति कोशी राजमार्गअन्तर्गत सुनसरी दुहवी वडा नं. ८ सोनापुरमा बसले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ। ना ५ ख ४५१३ नम्बरको बसले बाटो क्रस गर्दै गरेका पैदलयात्री मोरङ बेलबारीका ७२ वर्षे पवनलाल चौधरीको मृत्यु भएको हो। बसको ठक्करबाट घाइते चौधरीको विराट टिचिङ अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो।

यसैैगरी, शनिबार राति नै विराटनगर वडा नं.  १४ भगवती टोल बस्ने अमर महतोको छोरा नौ महिनाका सुनिलको मृत्यु भएको हो। घर अगाडिको बाटोमा पार्किङ गरी राखेको को १ ह ४३५० नम्बको सिटी सफारीमा अढाई वर्षको अनिलले सिटी सफारी चलाउँदा अगाडि बढेर उनका भाइ सुनिललाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको न्युरो अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित: १७ आश्विन २०७८ १२:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App