२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कपिलवस्तुमा एकैपटक ५ स्थानमा यात्रु सहायता कक्ष

नजिकिँदै गरेको दशैंसँगै यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै कपिलवस्तुमा एकैपटक ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। आफनो गन्तव्यमा सहजै आउजाउ गर्न र नागरिकहरुलाई सहायता गर्न जिल्ला ट्राफिक कार्यालयले सो कक्ष स्थापना गरेको हो।

दशैं लगायतका चाडलाई लक्षित गरी कृष्णनगर, चन्द्रौटा गोरुसिंगे, तौलिहवा र पिपरामा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए। ‘यात्रुहरुको बढी भीडभाड र आगमन हुने स्थानमा सहायता कक्ष स्थापना गरेका हौं’ प्रहरी निरीक्षक क्षेत्रीले भने। बिशेष गरी दशैंको बेला यात्रुहरुको बढी आउजाउ हुने गर्दछ। मानिसहरुको आवगमनमा वृद्धि भई सवारी साधनहरुको अस्वस्थ प्रतिस्पर्धाका कारणबाट हुने सवारी दुर्घटना न्युनीकरण गर्न तथा यात्रुहरुमा पर्न जाने समस्या समाधानको लागि सहायता कक्ष स्थापना गरिएको बताए।

यससँगै अब कृष्णनर नाकामा यात्रुहरुको चाप पनि बढने छ। दशैंमा बिशेष गरी भारतका विभिन्न स्थानमा रोजागरीका लागि गएका नेपालीहरु कृष्णनगर नाका हुँदै फर्कने गर्दछन्। ‘हामीले यात्रुहरुको बढी चाप हुेन कृष्णनगर नाकामा बिशेष ध्यान दिएका छौं’ क्षेत्रीले भने।

नागरिक सहायता कक्ष स्थापनासँगै जिल्लामा रहेको यातायात व्यवसायसँग आवश्यक छलफल र परामर्शसमेत गरिएको उनले बताए। यात्रुहरुसँग बढी भाडा असुल्ने, सिट क्षमताभन्दा बढी यात्रुहरु राख्ने, याुत्रहरुलाई अनावश्यक सास्ती दिने लगायतका गुनासोहरु दशैंका बेला बढी आउने गर्दछ।

नागरिक सहायता कक्षको माध्यममबाट आफुहरुले यात्रुहरुको गुनासो समाधान गर्ने क्षेत्रीले बताए। उता दशैंको बेला हुन सक्ने संभावित दुर्घटनाहरुलाई मध्यनजर गरी आवश्यक तयारी समेत गरिएको उनले बताए। 

प्रकाशित: १५ आश्विन २०७८ १२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App