१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुस्कानलाई एसिड छ्याप्ने सम्साद मियाँ पुनः पक्राउ

२ वर्ष अगाडि वीरगन्जमा किशोरी मुस्कान खातुन उपर एसिड प्रहार गर्ने युवकलाई पर्सा प्रहरीले पुनः पक्राउ गरेको छ। रौतहट साविक नरकटिया गा.वि.स घरभई अहिले बसाइँ सराइ गरी वीरगन्ज महानगरपालिका –२ छपकैया बस्ने १९ वर्षीय सम्साद मियाँलाई प्रहरीले पक्राउ गरेको हो। आदालतबाट फैसला भएका सजाय भुक्तान गर्ने सिलसिलामा सम्साद फरार भएका थिए।  

सम्सादले २०७६ भदौ २० गते वीरगन्ज –४ गणेशमान चोक नजिक सडकमा हिडिरहेकी १५ वर्षीया मुस्कान खातुनलाई एसिड छ्यापेका थिए। घट्नामा मुस्कानको अनुहार आधा दाहिने तिरको भाग र कान जलेर उनी गम्भीर घाइते भएकी थिईन्। अनुहारमा दाग अहिले पनि छ। घटना लगतै पक्राउ परेका सम्सादविरूद्ध ज्यान मार्ने उद्योग तथा तेजाब प्रहार गरी अनुहार कुरुप पार्ने सम्बन्धी कसुरमा कसुर ठहर भई पर्सा जिल्ला अदालतको आदेशले तत्काल पूर्पक्षको लागि बालसुधार गृह पठाइएको थियो।

‘कोभिड–१९ को पहिलो लहरको प्रकोपका कारण २०७६ चैत ११ गते अदालतकै आदेशानुसार चैत १२ गते निजको संरक्षकको जिम्मा लगाइएको थियो। चैत २६ गते अदालतले बाँकी कैद ५ महिना १६ दिन पुनः बालसुधार गृहमा राखी भुक्तान गर्ने गरी १ वर्ष कैद सजाय तोकेको थियो,’ जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रेस बिज्ञप्तिमा छ, ‘फैसला कार्यान्वयन गर्ने सिलसिलामा उनी फरार भएका थिए। उनलाई बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर २ ईदगाह चोकबाट नियन्त्रणमा लिइएको सूचित गरिन्छ।’ बिज्ञप्तिमा भनिएकाे छ। 

प्रकाशित: १४ आश्विन २०७८ ११:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App