७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मनास्लु आहोरणका क्रममा क्यानडियन पर्यटकको मृत्यु

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ मा पर्ने मनास्लु हिमाल आरोहरणका क्रममा एक बिदेशी नागरिकको मंगलवार मृत्यु भएको छ। 

मनास्लु हिमालको क्याम्प फोर भन्दा एक सय मिटर माथि क्यानडाका नागरिक ब्रेन्ट सेल बेहोस भएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।  

स्नो होराईजन नामको कम्पनीबाट स्विकृत लिएर हिमाल आरोहणका लागि उनी मनास्लु पुगेका थिए। मृतकको शव बोकेर मनास्लु बेस क्यापसम्म ल्याइएको र हेलिकप्टरबाट आर्खेत ल्याई पोष्टमार्टमका लागि काठमाडाैं पठाइएको डिएसपी प्रकाश दाहालले बताए। 

उक्त घटनाको बारेमा ट्याग नेपाल ट्रेकिङ कम्पनीले जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७८ ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App