६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

खोलाले बगाउँदा बालिकाको मृत्यु

इलामको फाकफोकथुम र देउमाई बीचको  मैदाने खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।देउमाई–१ चमैता मामली घरमा बसेर पढ्दै आएकी नौ वर्षीया सागरिका राईको मृत्यु भएको हो।  

फाकफोकथुम गाउँपालिका– ६ स्थित फलाँटे माविमा कक्षा ४ मा अध्ययनरत राई सोमबार विद्यालयबाट फिर्कदै गर्दा खोलाले बगाएको थियो।

भाइबहिनीलाई खोलाबाट तारेर आफू पनि तर्ने क्रममा बढेर आएको खोलाले  राईलाई बगाएर बेपत्ता बनाए पछि खोजतलास गर्दा ढुङ्गामा च्यापिएको अवस्थामा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनको शव आज पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। रासस

प्रकाशित: १२ आश्विन २०७८ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App