८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरलाई उत्कृष्ट जिल्ला बनाउँंछु : प्रजिअ शर्मा

भक्तपुर जिल्लामा सरुवा भई आएकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरलाई उत्कृष्ट जिल्ला बनाउने बताएकी छन्। आफ्नो कार्यकालमा गुल्मीलाई देशकै तेस्रो वरियतामा पार्न सफल भएको स्मरण गर्दै उनले अव भक्तपुरलाई शान्ति सुरक्षाको हिसाबले उत्कृष्ट जिल्ला बनाउन आफू प्रतिवद्ध रहेको बताएकी हुन्।

आफनो स्वागतमा आइतबार भक्तपुर नगरपालिकाले गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनले भक्तपुरलाई सुरक्षित जिल्लाको रुपमा अगाडि बढाउनुपर्छ भन्दै जिल्ला प्रशासन कार्यालयको कार्यसम्पादनमा भक्तपुर नगरपालिकाबाट साथ, सहयोग र सहकार्य रहनेमा विश्वस्त भएको बताइन्। उनले भक्तपुरमा शान्ति र सुरक्षा कायम गर्न नगरका सबै वडाहरुमा प्रहरीमार्फत समुदाय प्रहरी साझेदारीका कार्यक्रमहरु सञ्चालन भइरहेको बताइन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नजिकिँदै गरेको बडादशैं र तिहारलगायतका चाडपर्वलाई लक्षित गरी चोरी, तस्करी, हिंसालगायतका अपराध न्यूनीकरणको लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाउनुपर्ने आवश्यकता बोध गराए। भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई सार्थक बनाउन नगरपालिका सशक्त ढंगले लागि परेको बताइन्।

प्रकाशित: १० आश्विन २०७८ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App