coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

२७ लाख बराबरको मेसिनरी सामानसहित दुई पक्राउ

सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ तीनकुनेस्थित पूर्व–पश्चिम लोकमार्गबाट असोज ८ गते सशस्त्र प्रहरीले करिब२७ लाख ३० हजार रुपैयाँ बराबरको मेसिनरी सामानसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सर्लाही जिल्लाको ईश्वरपुरका २४ वर्षीय दिलेशकुमार गोले र सिन्धुपाल्चोक जिल्लाको कमलामाई २का १८ वर्षीय ओम कार्की छन्।

मे १ क ४४९ नम्बरको टिप्परमा राखेर काठमाडौँबाट पाँचथरतर्फ लैजाँदै गरेको उक्त सामानसहित उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो। उनीहरु उक्त टिप्परको चालक तथा सहचालक रहेका छन्। पक्राउ परेका दुवै जनालाई बरामद सामान तथा टिप्परसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ।

प्रकाशित: ८ आश्विन २०७८ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App