६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गणकलाई फाराम भर्न समस्या

हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत  सुपरीवेक्षक परिचालन गरिएको छ। जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३ सुपरीवेक्षक परिचालन गरेर जनगणनाको पहिलो चरणको काम सुरुआत गरिएको जानकारी दिए। उनले भने 'गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन्। गणना कार्य जारी छ।'

यही असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घरपरिवार लगायतको गणना हुने भएको छ। सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० प्रश्न सोध्ने र फाराम भर्ने जनाइएको छ। उनले भने, 'हुम्ला भौगोलिक हिसाबले विकट त छँदै थियो, योसँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा थप समस्या भएको छ।'

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको उनले गुनासो गरे। उनले भने, 'सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्छ तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ, अहिलेसम्म सिमकोट गाउँपालिकामा खटिएका एक र नाम्खा गाउँपालिका खटिएका एक गरी दुईजनासँग मात्रै सम्पर्क भइरहेको छ।' विसं २०६८ को जनगणनाअनुसार जिल्लाभर घरपरिवारको सङ्ख्या नौ हजार ४७९ र  जनसङ्ख्या ५० हजार ८५८ रहेको थियो।  

प्रकाशित: ६ आश्विन २०७८ ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App