२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विभेद र अभावमा दिन काट्दै दलित बस्ती

रौतहटको एक दलित बस्तीका सर्वसाधारण असुविधा र विभेदमा रहेको देखिएको छ। रौतहटको राजदेवी नगरपालिकामा रहेको एक दलित बस्तीका स्थानीयवासीहरू सरकारबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित रहेको पाइएको छ। जनचेतनाको अभाव र सामाजिक पहुँचको अभावका कारण राजदेवी नगरपालिका–६ का करिब ६० दलित घर सरकारी सेवा सुविधाबाट बञ्चित हुनुपरेको हो।

बागमती नदी कटानबाट विस्थापित भई झण्डै ४० वर्षदेखि बस्दै आएका करिब दुई परिवारसम्म अझै पनि स्थानीय सरकार पुग्न सकेको छैन। दलित बस्तीमा हालसम्म कुनै सरकारी तथा गैरसरकारी निकायले सेवा सुविधा दिन नसकेको स्थानीयको भनाइ छ। 

गाउँ गाउँमा सिँहदरवार भएको अनुभूति दिलाउन सरकारको तीन वटै निकायको योजना रहे पनि उनीहरू स्थानीय निकायबाटै पाउने सेवा सुविधानबाट बञ्चित हुनुपरेको स्थानीय बासिन्दाहरू बताउँछन्।

बाढी प्रभावित व्यक्तिहरूका लागि उचित व्यवस्थापन गर्न नेपाल रेडक्रस सोसाइटीले वितरण गरेको जग्गामा दलितहरू वर्षौंदेखि बसोबास गर्दे आएका छन्। झण्डै ४० वर्षदेखि निरन्तर बसोबास गर्दे आएका उनीहरूलाई अहिलेसम्म पनि सरकारी सेवा सुविधा उपलब्ध नहुँदा उनीहरू समस्यामा पर्ने गरेका छन्। दलित भएको कारण तिनीहरूलाई परेको समस्याको बारेमा बुझ्ने फुर्सद पनि कसैलाई नभएको गुनासो स्थानीयको रहेको छ।

दलित बस्तीमा नगरपालिकाबाट कुनै किसिमको विकास समेत गरिएको छैन, विकासमा विभेद गरिएको बताउँदै उनीहरूले सामूहिक रूपमा भन्छन् शौचालय, स्वच्छ खानेपानी, बिजुली, बाटोघाटो, विद्यालयलगायतका भौतिक पूर्वाधारका आधारहरू उपलब्ध नहुँदा उनीहरू वर्षौंदेखि ‘अनागरिक’ जस्तै कष्टकर जीवन बिताउन बाध्य छन्। 

बागमती नदीको बाढीबाट विस्थापित भई ४० वर्षदेखि रेडक्रसले दिएको जग्गामा बसोबास गर्दै आए पनि हालसम्म प्रदेश सरकारको जनता आवास कार्यक्रममा समेत आफ्नो बस्ती छनोट नभएकोमा उनीहरूले गाउँगाउँमा सिंहदरबारको महसुस नभएको बताउने गरेका छन्।

प्रकाशित: ५ आश्विन २०७८ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App