coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

महिलाको शंकास्पद मृत्यु, बन्द कोठामा भेटियो शव

मोरङको सुन्दरहरैँचा नगरपालिका–११ सलकपुरमा शंकास्पद तरिकाले मृत अवस्थामा एक जना महिलाको शव फेला परेको छ।

सलकपुरकी २२ वर्षीया रोजिना गिरी आइतबार बिहान मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। गिरी आफ्नै घरको बन्द कोठामा मृत भेटिएकी थिइन्। बेलबारी प्रहरी प्रमुख प्रहरी निरीक्षक सरोज खनालले आइतबार बिहान लोबेडमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। कोठाको पंखामा सल झुण्डिएको र कोठाभित्रैबाट बन्द रहेको थियो।

‘शव लोबेडमा घोप्टो परेको अवस्थामा फेला परेको हो,’ निरीक्षक खनालले भने, ‘शरीरमा निलडाम भएकोले घटना यही हो भन्न सक्ने अवस्था अहिले छैन। घटनाको अनुसन्धान थालिसकेका छौं भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै घटनाको यथार्थ कुरा आउने छ।’  

मृतक रोजिनाका हजुरबुबा यामकुमार गिरीले नातिनीको शंकास्पद अवस्थामा शव फेला परेकाले घटना रहस्यम हुँदा प्रहरी प्रशासनले निष्पक्ष छानविन गर्नपर्छ। ‘नातिनीको शवको प्रकृति हेर्दा रहस्यमय देखिन्छ,’ यामकुमारले भने, ‘शव लोबेडमा घोप्टो अवस्थमा हुनु, अनुहारको भाग कालो र शरीरमा चोटपटक देखिनुले पनि घटना शंकास्पद रहेको पुष्टि हुन्छ।’

मोरङको उर्लाबारी–८ दुर्गापुरी माइती रहेको रोजिना र विनोदबीच ०७७ साल असारमा प्रेम विवाह भएको थियो। विनोद वैदेशिक रोजगारीको सिलसिलामा ७ महिना अगाडि दुबई गएको र घरमा सासु बुहारी मात्रै बस्दै आएको प्रहरीले जनाएको छ।

माइती पक्षले घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग राखेका छन् भने परिवारका तीन जना सदस्यविरुद्ध किटानी जाहेरी दिइने बताइएको छ। मृतक रोजिनाकी सासु, जेठाजु, जेठानी दिदीविरुद्ध बेलबारी प्रहरीमा जाहेरी दिने माइती पक्षले बताएका छन्।  

मृतक रोजिनाको घर नजिकै जेठाजुको घर रहेको छ। मृतकको शव पोस्टमार्टम गर्न धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाएको छ भने घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०७८ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App