७ वैशाख २०८१ शुक्रबार
समाज

तस्करी गरिएको औषधि बरामद

भारतको जोगबनीदेखि तस्करी गरेर ल्याइएको औषधि सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको छ। भन्सार छली गरेर अवैध रूपमा ल्याइएको औषधि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ रानी दक्षिण गेटको शौचालय पछाडिबाट बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए।

उनका अनुसार दुई वटा काटुन झाडीमा लुकाएर राखिएको बेवारिसे अवस्थामा बरामद गरिएको औषधि लगभग १९ लाख मूल्य बराबरको छ। जसमा डेक्समिडाइन, टिगेबेस्ट, टिकोवाक्ट, कुटेनोक्स, डोटामिन, निप्रेसलगायतका ११ प्रकारका औषधि छन्। औषधि तस्करीमा संलग्नको भने पहिचान हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रले औषधि आवश्यक कारबाहीका लागि आइतबार औषधि व्यवस्था विभाग विराटनगरमा बुझाएको छ।

विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काका अनुसार कोरोना संक्रमित, हट्अट्याक भएका, मुटुको समस्या रहेका र शरीरमा रगत जम्ने समस्या देखिने बिरामीको उपचारमा यस्ता औषधि प्रयोग हुन्छन्।

प्रकाशित: २७ भाद्र २०७८ ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App