८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

देशका धेरैजसाे स्थानमा वर्षाको सम्भावना

नेपालमा न्यून चापीय प्रणाली र मनसुनको प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहान प्रदेश १, २ र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको प्रभाव छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक छ।

दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  शुक्रबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित: २४ भाद्र २०७८ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App