३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

'खोसिएको रोजगारी पाउँदा खुसी छौं'

गुलरिया बजारमा शनिबारदेखि सुचारु भएको हाटबजार । तस्बिरः निर्मल घिमिरे

गुलरिया नगरपालिका–७ का रामकृष्ण लोध शनिबारे हाटबजारमा तरकारी बेच्दै गरेका बेला भेटिएका बर्दिया उद्योग वाणिज्य संघका अध्यक्ष देवेन्द्र पाण्डेलाई इंगित गर्दे लोधले भने,‘खोसिएको रोजगारी दिलाउनु भयो, हाम्रा बालबच्चा भोकै मर्ने भएनन्।’ त्यति भनिरहँदा अधबैशे लोधको अनुहारमा खुसी भल्किरहेको थियो।

लामो समय निषेधाज्ञाको घोषणासँगै रोजगारी खोसिएको लोधले सुनाउँदै खुसीको आँसु झार्दा अध्यक्ष पाण्डे भावभिह्वल बने। ‘के गर्नु हजुर, रोजगारी नहुँदा बिहान र साँझको रोटी चट्नि पनि छुटिसकेको थियो’, लोधले सुनाए। हाटबजारका व्यवसायी मध्य उनी एक प्रतिनिधि पात्र मात्र हुन्।  

उनीजस्तै अधिकांश हाटबजारका व्यवसायीले एक स्वरमा संघका अध्यक्षले निषेधाज्ञा बेला निभाएको भूमिको प्रसंशा गर्न समेत भ्याए।

चाडपर्व निजिएका बेला बजार अनुगमनमा निस्केका संघका अध्यक्ष पाण्डेसमक्ष दुःख र सुख बिसाउन हाटबजारका व्यवसायीले तछाड र मछाड गरेर अघि बढेको दृश्यले अधिकांशको ध्यान खिचेको थियो।  

घरको जग्गामाा दुःख गरेर उब्जाएको फसल खाल्डोमा गाडेको समेत संघका अध्यक्ष पाण्डे अघि किसानले दुखेसो गरे। ‘कोरानाले नलगेपनि भोकले लैजाने भयो भन्ने लाग्थ्यो’, अर्का हाटबजारका व्यवसायीले खालिदले सुनाए।  

सातको दुई दिन लाग्ने हाटबजारमा बर्दिया जिल्लाको ठूलो हाटबजार हो। खुन्द्रा र थोक व्यापार हुँदा सातामा दुई दिन व्यवसायीको चहल पहल बढी हुने गरेको छ। शनिबार र मंगलबार बजारमा खरिद र बिक्रीका लागि नेपालगंज, पोखरा र काठमाडौंसम्म गुलरिया बजारको ताजा तरकारी किन्न पुग्ने गर्छन्। तर लामो समय निषेधाज्ञा घोषणसँगै बन्द रहेको बजार स्थानीय प्रशासनले बजार सुचारु गर्न अनुमति दिएसँगै खोसिएको रोजगारी फर्किएको सकारात्मक प्रतिक्रिया दिएका छन्।

कोरोनाको दोस्रो लहरसँगै बन्द भएको हाटबजार शनिबारदेखि संचालनमा आउँदा खोसिएको रोजगारी पाउँदा खुसी भएको सुनाउँदा संघका अध्यक्षले पाण्डेले भने, ‘सुरक्षा मापदण्ड अपनाएर व्यवसाय गर्नुस, तपाईको हकहित संरक्षण गर्ने हाम्रो कर्तव्य हो।’ संघका अध्यक्ष पाण्डेले व्यवसायी हकहित संरक्षणको जिम्मा लिएको संघले हाटबजार व्यवसाय पक्षमा रहेको उल्लेख गर्दे सम्बोधन गर्दा व्यवसायी एक तमासले सुनेर समर्थन जनाएका थिए।  

व्यापार, व्यवसाय र उद्योगीका लागि प्रशासनसँग उद्योग वाणिज्य संघले समन्वयकारी भूमिका निभाउँदा बजारको गतिबिधि सामान्यतर्फ उन्मुख हुँदै गएको छ। हाटबजार अनुगमन क्रममा निस्केका संघका अध्यक्ष साक्षात्कार हुँदा कोरोना कहरको तेस्रो लहरको लडाईमा जित व्यवसायीकाे हुनुपर्ने भएकाले स्वास्थ्य मापदण्ड ख्याल गर्नु पर्ने अध्यक्ष पाण्डेले बताए।

‘संघले बजार व्यवस्थापनलाई पछिल्लो अवस्थामा फर्काउन मास्क, सेनिटाइजर वितरणदेखि स्वास्थ्य मापण्दण्ड भित्र रहेर व्यवसाय संचालन गर्न समेत घरदैलो गरेका छौं’, उनले भने,‘बैंकको लोन खाएर व्यवसाय गरिरहेका व्यवसायीको पक्षमा प्रशासनसँग समन्वयकारी भूमिका र दवाव समेत दिने गरेकाले सबै कुरा सम्भव पनि भईरहेको छ।’ 

स्थानीय प्रशासनले अख्तियार गरेको नियम उल्लंघन नगर्नका लागि व्यवसायी साथीभाईसमक्ष अनुरोध गरेको संघका अध्यक्ष पाण्डेको भनाई छ। 

प्रकाशित: २० भाद्र २०७८ १२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App