१० आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

करेन्ट लागेर युवतीको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बवनपुरवामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। स्थानीय राम प्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको बुधबार राति करेन्ट लागेर मृत्यु भएको हो।

आफ्नै घरको सुत्ने कोठामा टेवल फ्यान प्लकमा जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगंजमा मृत्यु भएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले बताए।  

यस्तै कपिलवस्तु, वाणगंगा नगरपालिका–१ बुङचीस्थित सडकमा ना.३ ख ५९०९ नम्बरको ट्रकले लु.२७ प ६९३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाईकल चालकको मत्यु भएको छ। सो दुर्घटनामा मोटरसाइकल चालक पाल्पा रैनादेवी गाउँपालिका–५ बस्ने २६ वर्षीय बिनोद सुनारको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १७ भाद्र २०७८ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App