coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पेस्तोलसहित दुई जना पक्राउ

मोरङको कानेपोखरी गाउँपालिका–६ शिवालय चोकबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले मंगलबार राति सवा ११ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो। क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।  

हतियार लुकाएको विशेष सूचनाका आधारमा घरमा छापा मार्ने क्रममा मेड इन युएसए लेखिएको एउटा पेस्तोल, तीन राउण्ड गोली र एउटा खुकुरी फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट सोही ठाउँका ३० वर्षीय पूर्णबहादुर बोहोरासमेतको संलग्नता देखिएकाले बुधबार दिउँस पक्राउ गरेको डिएसपी श्रेष्ठले बताए।  

हतियारसहित पक्राउ गरेको दुवै जनालाई हातहतियार खरखजना कसुरमा ५ दिनको मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७८ १३:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App