१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा मंगलबार राति भएको सवारी दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको गिट्टी बोकेको को १ ख ६५०५ नम्बरको टिपरले पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई राति ९ बजेतिर ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मोरङको पथरीशनिश्चरे–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिए। दुर्घटनापछि पल्टिएको टिपरले थिचेको अवस्थामा रहेका लिम्बूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।

उनको उपचारकै क्रममा राति पानै १० बजेतिर मृत्यु भएको एसपी खतिवडाले बताए। दुर्घटनापछि टिपर र चालक मोरङको बेलबारी नगरपालिका–३ का ४८ वर्षीय बुद्धिमान उरावलाई पक्राउ गरी घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०७८ १०:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App