२ असार २०८१ आइतबार
image/svg+xml
समाज

गाउँमै सेवा केन्द्र

नेपालको सबैभन्दा ठूलो गाउँपालिका बाँकेस्थित राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ ले हप्ताको तीन दिन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ। उक्त वडाको शमशेरगन्जस्थित नयाँ बस्तीमा हप्ताको आइतबार, सोमबार र बिहीबार सेवा केन्द्र सञ्चालन गर्ने भएको हो।

भौगोलिकरुपमा अगैयादेखि राजपुरसम्म विकटरुपमा फैलिएको र हाल कार्यालय मुकाम रहेको कचनापुर सेवा लिन आउँदा राजपुरदेखि हरिहरपुरसम्मका सेवाग्राहीलाई समस्या भएकाले सेवा केन्द्र सञ्चालन गर्न लागिएको वडाध्यक्ष मदनकुमार वलीले जानकारी दिए। ‘वर्षातको समयमा मुगुवा खोलालगायत बीच बाटोमा पर्ने अन्य खहरे खोलाहरुले गर्दा आवतजावतमा कठिनाइ छ,’ उनले भने, ‘सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीलाई टाढा जानुपर्ने झन्झट घट्ने छ। हाल यहाँका नागरिकले कठिनपूर्ण यात्रा गरेर वडा कार्यालय कचनापुर पुग्नुपर्ने बाध्यता थियो।

‘हामीले जनतालाई सहज हुने गरेर सेवा दिने हो,’ वडाध्यक्ष वलीले भने। अन्य समयभन्दा वर्षाको समयमा यहाँका नागरिकले सेवा लिन जान निकै अफ्ट्यारो हुन्छ। ‘समयमै गाडी नपाइने र हिँडेर जाँदा धेरै टाढा हुँदा समस्या भएको थियो,’ राप्तीसोनारी गाउँपालिका–२, शमशेरगन्जका वीरबल खत्रीले भने, ‘गाउँमै सेवा केन्द्र आएपछि सजिलो भएको छ।’ अहिले समयको बचतसँगै घर नजिकैबाट सेवा पाउँदा सजिलो भएको छ। उनीसँगै राजपुर, हरिहरपुर, शमशेरगन्जलगायतका क्षेत्रका नागरिकहरु खुसी भएका छन्।

वडा कार्यालयमा गएर सेवा लिँदा दिनभरि लाग्ने गरेको हरिहरपुरकी ममता थारुले बताइन्। ‘एउटा सामान्य कामका लागि पनि दिनभरि लाग्थ्यो,’ उनी भन्छन्, ‘अहिले गाउँ नजिकै सेवा केन्द्र आएपछि सजिलो भएको छ।’ वडा कार्यालय टाढा हुँदा कतिपय सर्वसाधारण सेवा लिन जानसमेत सकेका थिएनन्। आवतजावतमा समस्या हुने हुँदा उनीहरु उनीहरु सरकारी सेवाबाट वञ्चित थिए। यस्ता व्यक्तिहरुलाई झन सेवा केन्द्र बर्दानजस्तै सावित भएको छ। सेवा केन्द्रबाट वडाले दिने सिफारिस, जन्मदर्ता, मृत्युलगायतका सेवा उपलब्ध हुने वडाध्यक्ष वलीले जनाए।

प्रकाशित: १६ भाद्र २०७८ ०७:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App