१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेपत्ता दिवसका अवसरमा कार्यक्रम

रोल्पामा बेपत्ता दिवसको अबसर पारेर एक कार्यक्रम सम्पन्न भएको छ। वलपूर्वक बेपत्ता पारिएका     व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसका अवसरमा नागरिक आवाज ललितपुर, नेपाल महिला सामुदायिक सेवा केन्द्र,द्वन्द्वपीडित राष्ट्रिय संजाल, लुम्बिनी प्रदेश र नेपाल रेडक्रस सोसाईटी, रोल्पाको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ।

दुई दर्जन बेपत्ता परिवारसंग सम्पन्न कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसी, रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी, सरकारी वकिल कार्यालयका प्रमुख नुमराज खनाल, रेडक्रस सभापती डिबि टुहुरो लगायतको सहभागीता रहेको थियो। द्वन्द्व पीडित राष्ट्रिय संजाल, लुम्बिनी प्रदेश संयोजक श्रीकुमारी रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडक्रस सभापती डिबि टुहुरोले कार्यक्रमको उद्येश्यका बारेमा बोलेका थिए।  

कार्यक्रममा सहभागी बेपत्ता पारिएका व्यक्तिका श्रीमतीहरुले आफ्नो समस्या सुनाएका थिए। उनिहरुको समस्या सुनेका नगर प्रमुख केसीले समग्र द्वन्द्वपीडितको समस्या बुझेको र समाधानका अधिकतम प्रयास गरिरहेको बताए। ‘नगर क्षेत्रका सबै द्वन्द्वपीडितको निशुल्क स्वास्थ्य बिमा गरेका छौं। शिक्षा स्वास्थ्य र रोजगारका सवालमा जहिल्यै उहाँहरुकै परिवार प्राथमिकता हुनुहुन्छ।’ उनले भने ‘देशका लागि योगदान दिनेहरुका परिवारलाई थप सहजताका लागि काम गरिरहने छौ।’

सरकारी वकिल कार्यालयका प्रमुख नुमराज खनालले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगका बारेमा जानकारी गराउदै बेपत्ता परिवार प्रति सबैको सहानुभती रहनुपर्ने बताएका थिए। कार्यक्रमको सहजिकरण महिला शान्ती र सुरक्षा कार्यक्रमका कार्यक्रम प्रमुख दिनेश सरकारी सहजिकरण गरेका थिए। तथ्याङ्क अनुसार तत्कालीन द्वन्द्वका समयमा ३३ जना बेपत्ता भएको सुचि रहेपनि बेपत्ता आयोगमा ९८ जनाको उजुरी रहेको छ। 

प्रकाशित: १४ भाद्र २०७८ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App