७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

जबर्जस्ती करणी गर्ने तीनजना प्रहरी नियन्त्रणमा

जबर्जस्ती करणी गरेको आरोपमा जुम्लामा तीनजना पक्राउ परेका छन्। जबर्जस्ती करणीसम्बन्धी दुई मुद्धाका तीनजना आरोपी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा चन्दननाथ नगरपालिका ९ का २० वर्षीय विशाल सार्की, कमल सार्की र तिला–८ बस्ने २८ वर्षीय जीवन रावत रहेका छन्।

भदौ ७ गते राती ११ बजे तातोपानी गाउँपालिका –१ बाईराका की १८ वर्षीया किशोरीलाई पाल्ताडाँडामा रहेको जगन्नाथ मन्दिरमा मेला हेर्न गएको बेला बलात्कार गरेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी नवीन थापामगरले बताए। उनले भने, ‘अभियुक्तहरु विशाल र कमलले पीडितको मोबाइल खोसेर फिर्ता दिने बहानामा बोलाएर जर्बजस्ती करणी गरेका थिए।’  

अभियुक्त दुवै जनाले पीडितको मोबाइल फिर्ता दिने बहानामा पालैपालो जबर्जस्ती करणी गरेको भनी जाहेरी दर्ता भएको डिएसपी दानबहादुर थापाले बताए। उनका अनुसार प्रहरीले जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिई थप अनुसन्धान गरिरहेको छ। त्यस्तै जुम्ला प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा तिला –८ का जीवन रावतलाई प्रकाउ पनि प्रकाउ गरेको छ।

डिएसपी थापाका अनुसार तिला गाउँपालिका–६ बस्ने वर्ष ४५ की बोल्न र सुन्न नसक्ने महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रकाउ गरिएको हो।

प्रकाशित: ११ भाद्र २०७८ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App