नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ।
शिवगङ्गा नदी र झिलखोला बीच भागमा फसेका गौरीगङ्गा नगरपालिका–३ कुचैनीका राजाराम सापकोटा र उनकी बहिनी आरतीको गए राति उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
घाँस काट्न गएका दुवैलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको थियो।
प्रकाशित: ११ भाद्र २०७८ ०७:५७ शुक्रबार