११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा ५ सय ३४ संक्रमित थपिए, ६ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ७० र ७ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४३, मोरङमा १ सय १२, सुनसरीमा ९३, इलाममा ७, पाँचथरमा ३, संखुवासभामा २, तेर्‍हथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो।

झापाको दमकमा ३४, विर्तामोडमा ३२, कनकाईमा १६, अर्जुनधारामा १५, शिवसताक्षीमा १३, बुद्धशान्तिमा १०, मेचीनगरमा ८, कमल गाउँपालिकामा ४, भद्रपुर, गौरीगञ्ज र बार्‍हदशीमा २–२, हल्दिबारीमा १ जनामा संक्रमण देखिएको छ। मोरङको विराटनगरमा ४२, सुन्दरहरैचामा ३९, उर्लाबारीमा १४, सुनबर्षीमा ५, पथरीशनिश्चरेमा ४, कानेपोखरी र बेलबारीमा २–२, लेटाङ, ग्रामथान, बुढीगंगा र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा ८३, इनरुवामा ५, धरान र बराहक्षेत्रमा २–२, देवानगञ्जमा १ जनामा संक्रमण देखिएको छ। इलामको इलाम नगरपालिकामा ३, सुर्योदयमा २, माई र चुलाचुलीमा १–१, पाँचथरको फिदिममा २, याङवरकमा १ जनामा संक्रमण देखिएको छ। संखुवासभाको पाँचखपन र मादीमा १–१, तेर्‍हथुममा १, ताप्लेजुङको आठराई त्रिवेणी, धनकुटाको साँघुरीगढी र भोजपुरको अरुण गाउँपालिकामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा आइतबार ३ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ५७ महिला र २ सय ५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७८ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App