३ असार २०८१ सोमबार
image/svg+xml
समाज

प्रहरी चौकी भवन बनाउन तीन रोपनी जग्गादान

हुम्लाको दक्षिण भेगमा अवस्थित  मिमी प्रहरी चौकीको नयाँ भवन निर्माण गर्न स्थानीयवासी गोर्ख बोहराले तीन रोपनी जग्गादान गरेका छन्। चङ्खेली गाउँपालिका–१ मा रहेको सो  चौकी  भाडाका घरमा बस्दै आएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख हेरम्बा शर्माले स्थानीयवासी बोहरालाई जग्गा उपलब्ध गराएकामा धन्यवाद दिदैँ नागरिक र प्रहरीको सम्बन्धलाई अगामी दिनमा अझ सुदृढ बनाउन आग्रह गरे। जिल्ला प्रहरी कार्यालयसहित हुम्लामा पाँच मात्रै चौकीले आफ्नै भवनमा बस्दै आएका छन्।

१४ प्रहरी चौकी भाडामा बस्दै

जिल्ला प्रहरी कार्यालयसहित १९ चौकीमध्ये हाल १४ चौकी भाडा तिररे बस्दै आएका छन्। नाम्खामा रहेको मुचु, लिमी, ठेहे र गल्फागाड प्रहरी चौकी मात्रै आफ्नै भवनमा बस्दै आएका छन् भने, अन्य चौकी अझैसम्म भाडाका घरमा बस्दै आएको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

चीनसँग सीमा जोडिएको हिल्ला र बाजुरासँग सीमा जोडिएको कवाडी प्रहरी चौकीको भवन प्रेदश सरकारको बजेटबाट निर्माणाधीन भए पनि हाल बजेट अभावका कारण स्थगित भएको उनले जानकारी दिए। उनले भने, 'आफूहरुसँग जिल्लाका सबै प्रहरी चौकी निर्माणका लागि बजेट छैन, प्रदेश सरकारबाट आएको थोरै बजेटबाट दुई चौकीको भवन निर्माण सुरु गरियो। अहिले रकम अपुग भएपछि काम स्थगित भएको छ।'

प्रकाशित: ६ भाद्र २०७८ ०६:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App