१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मिर्गौला पीडितको नाममा चन्दा उठाउने तीनजना पक्राउ

मिर्गौला पीडितको उपचारार्थ भन्दै नक्कली संस्था दर्ता गरी चन्दा संकलन गरेको आरोपमा कास्की प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । ‘युनिक स्वयंसेवक नेपाल’ नामक संस्था दर्ता गरी मिर्गौला पीडितको सहयोगार्थ भन्दै अवैध रुपमा चन्दा संकलन गरेको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–२६ विजयपुरस्थित न्यू हाईवे स्टाफ होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा होटलको कोठामा भाडा तिरेर बस्दै आएका झापाको विर्तामोड नगरपालिका–१ की ३४ वर्षिया एलिजा बस्नेत, ३२ वर्षिय टेकबहादुर बस्नेत र झापाकै हल्दीबारी गाउँपालिका–१ का ४४ वर्षिय धनबहादुर सेञ्चुरी रहेका छन् । उनीहरुले पाल्पाको माथगढी गाउँपालिकाका–४ का मिर्गौला पीडित ३५ वर्षिय चुडाबहादुर रुचालको उपचारका लागि भन्दै चन्दा उठाएको प्रहरीको आरोप छ । 

पक्राउ परेका उनीहरुको साथबाट ४ लाख ६ हजार ४ सय ६ रुपैयाँ समेत बरामद गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुले यसअघि चितवन, तनहुँ, दैलेख, सुनसरी, रुपन्देही, नवलपरासी, कास्की, पाल्पा, स्याङ्जा लगायत जल्लाका १२ जना विरामीको नाममा सम्बन्धित जिल्लाबाट सिफारिस नलिई चन्दा संकलन गरेको प्रहरीको दाबी छ । 

उनीहरुले चन्दा संकलनका लागि अटो ट्याम्पो समेत भाडा लिएर देशका मुख्य मुख्य सहर जाने र चन्दा संकलन गर्ने गरेको अनुसन्धानबाट खुलेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।पक्राउ परेकाहरु बिरुद्ध चन्दा ऐन २०३० अन्तर्गत जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी हमालले बताए ।

प्रकाशित: ४ भाद्र २०७८ १३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App