२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली जाली नोटसहित दुई जना पक्राउ

नेपाली नक्कली नोटसहित सुनसरी देवानगञ्ज क्षेत्रबाट दुई जना पक्राउ परेका छन्। देवानगञ्ज गाँउपालिका वडा नं. २ मध्यहर्षाही पेट्रोल पम्प नजिक नेपाली नक्कली नोटसहित दुई जना पक्राउ परेका हुन्।  

प्रहरीले बीआर ५० एस ८४०६ नम्बरको मोटरसाईकलमा सवार भारत अररिया रामनगरका ४० वर्षे नवलकिशोर पाल र सोही ठाउँका ३२ वर्षे सुमन पाललाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेका साथबाट सयका  दरको नेपाली नक्कली नोट १६ थान फेला पारेको छ।

नेपाली नक्कली नोटसहित पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धि कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान थालिएको छ।

प्रकाशित: ४ भाद्र २०७८ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App