१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आमरण अनशन बसिरहेकाहरुको जीवन रक्षाका लागि भूतपूर्व ब्रिटिश गार्खाको प्रदर्शन

भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाको लागि प्रदर्शन गरेको छ।

बेलायतमा रहेका भूतपूर्व ब्रिटिश गोर्खाले आफूहरुलाई समान काममा तलव, भत्ता तथा सेवा सुविधमा बेलायत सरकारले विभेद गरेको भन्दै समानताको माग राखि आन्दोलन गरिरहेको छ। १४ दिनदेखि ज्ञानराज राई, पुष्पा घले र धनबहादुर गुरुङ बेलायती प्रधानमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बसेको भएपनि बेलायत सरकार र नेपाल सरकारले माग पूरा गर्न र जीवन बचाउन चासो नराखेको भन्दै संघर्ष समितिले काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेको हो। भूतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एस.बि. घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताए।  

आफूहरु समान तलव, भत्ताको लागि विगत ३२ वर्षदेखि आन्दोलनरत भएपनि नेपाल सरकार यस विषयमा नबोलेको उनले बताए। आमरण अनशनरत व्यक्तिहरुको जीवन खतरामा रहेकोले उनले जीवन रक्षाको माग पनि गरे।। उनले भने,‘आज हामीलाई बेलायतले शोषण गरिरहेको छ। हामीलाई तलव, भत्ता, सुविधा, पेन्सन इतयादीमा शोषण गरिरहेको छ। यसको खिलापमा हामीले ३२ वर्ष लामो आन्दोलन गर्‍यौँ। तर नेपाल सरकारले हाम्रो कुरा कहिलेपनि सुनेन। आमरण अनशन गरेको आज १४ दिन भयो। आजसम्म पनि यो सरकार बोलेन। हाम्रो साथीहरुको ज्यान जोखिममा छ। यो निकम्मा सरकारको धेरै चालबाजि भएको छ, त्यसैले सडकमा उत्रिन बाध्य छौँ।’

मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरुलाई विभेद हुनु अन्यायपूर्ण भएकाले यो असमानतालाई सदाको लागि समाप्त गर्नुपर्ने आफूहरुको माग गरेको विमला तिम्खेवाले बताए। उनले भने,‘समान कामको समान अवसर, समान ज्याला र समानताको नारा मानव अधिकारको विपरित गोर्खा ब्रिटिश आर्मीहरु माथि भएको विभेद डरलाग्दो छ। अन्यायपूर्ण छ। त्यसको विरुद्धमा समानताको लडाइँ, न्यायोचित तरिकाले यो असमानतालाई समाप्त गर्नुपर्‍यो।’

उनले नेपाल सरकार र बेलायत सरकारले माग सम्बोधन गर्न तत्परता नदेखाएसम्म आन्दोलन नरोकिने पनि स्पष्ट पारे।

प्रकाशित: ३ भाद्र २०७८ १०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App