१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

रसुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, तीन बेपत्ता

रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। तीन जना बेपत्ता छन्। मृत्यु हुनेमा ३२ वर्षीय कमला तामाङ रहेकी छिन्।  

अविरल वर्षाका कारण सडक माथिबाट पहिरो जाँदा बाहिर सुतिरहेका ३५ वर्षीय बुद्धि तामाङ घाइते भएका छन्। रातिको समयमा घर पुरिँदा बुद्धि तामाङको श्रीमतीको ज्यान गएको र दुई जना छोरी तथा एक जना छोरा अझै बेपत्ता रहेका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए। ११ वर्षीय छोरी सोकिता, ८ वर्षीय छोरी सुकुमाया र ७ वर्षीय छोरा आशिष अझै बेपत्ता छन्। पहिरोमा घाइते भएका बुद्धि तामाङलाई थप उपचारको लागि काठमाडौं रिफर गरिएको छ। बेपत्ताको खोजी कार्य जारी रहेकाे प्रहरीले जनाएको छ। 

प्रकाशित: ३ भाद्र २०७८ ०४:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App