बैतडीमा भीरबाट लडेर एक किशोरीको ज्यान गएको छ। सुर्नया गाउँपालिका–७ कठमडाकी १३ वर्षीया रुपा साउँदको भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ।
गोरुलोटे भन्ने भीरबाट साउँद सोमबार दिउँसो घास काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ। साउँद केदार मावि कठमडामा कक्षा ५ मा अध्ययनरत थिइन्।
प्रकाशित: १ भाद्र २०७८ ०४:३५ मंगलबार