७ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु, एक जना पक्राउ

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ५:३० बजेको समयमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ स्वारा बस्ने बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ घरनजिकै बाटोमा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्तबहादुर नाथ (मानसिक अवस्था ठीक नभएको) ले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए।

ढुङ्गा प्रहारबाट बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि स्वास्थ्य चौकी पिपल, रुकुम पश्चिम लगिएको थियो। त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पुर्‍याइएकोमा सोही दिनराति १०:०० बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

ढुङ्गा प्रहार गर्ने भक्तबहादुर नाथलाई नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ७ कार्तिक २०८३ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App