२७ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

कपिलवस्तुबाट ६ नाल भरुवा बन्दुक बरामद

कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित खोजीपुर सामुदायिक वन क्षेत्रमा लुकाई छिपाई राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक बरामद गरिएको छ।

वन क्षेत्रमा लुकाइछिपाई राखिएको सूचनापछि इलाका प्रहरी कार्यालय पिपराबाट गएको टोलीले खोत तलासी गरी सो बन्दुक बरामद गरेको हो।

वन भित्र रहेको रुखको फेदमा बुधबार बिहान बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक कुँवरले जानकारी दिए।

बरामद बन्दुक कसले र के प्रयोजनका लागि जंगलमा लुकाएर राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको उनले बताए।

घटनामा संलग्न व्यक्तिको पहिचान तथा बरामद भएका अवैध हातहतियारका सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०८३ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App