१४ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

उदयपुरमा १० महिनाको अवधिमा ६ हजार राहदानी वितरण

नेपालको युवा पुस्तालाई स्वदेशमै रोजागरी र अध्ययनको अवसर दिलाउने सरकारको नारा भए पनि विदेशिन चाहनेहरुको संखय भने दिनानुदिन बढ्दो छ । जिल्ला प्रशासन कार्यालय उदयपुरले चालु आर्थिकवर्षको १० महिना अवधिमा राहदानी वितरण गरेको संख्या हेर्दा विदेश जान इच्छुक युवाको चित्र झल्काउँछ ।

प्रशासन कार्यालयका अनुसार चालु वर्ष २०८२८३ को जेठ ६ गतेसम्म राहदानी लिनेको संख्या ५ हजार९ सय ९० पुगेको छ । राहदानी शाखाका कम्युटर अप्रेटर सुनिल पोखरेलका अनुसार यो अवधिमा नयाँ राहदानी लिने पुरुष महिला गरि ४ हजार ५ सय २४ जना छन् । जसमा पुरुष २ हजार ६ सय १ जना छन् भने महिला राहदानीबाहक १ हजार ९ सय २३ छन् । 

पुरानो राहदानी नवीकरण गर्नेको संख्या ९ सय २१ छ जसमा पुरुष ८ सय ५८ र महिला ६३ छन् । त्यस्तै हराएको सट्टामा नयाँ राहदानी निकाल्ने पुरुष ४ सय १४ र महिला ५७ जना छन् । बिग्रेको संशोधन गर्ने राहदानीबाहक पुरुष ५८ र महिला १६ गरि ७४ जना रहेको पोखरेलले बताए ।

यसरी समग्र राहदानी लिने पुरुष बाहक ३ हजार ९ सय ३१ जना छन् भने महिला २ हजार ५९ जना बाहक रहेको प्रशासनको अभिलेखमा उल्लेख छ । ०८२ साउनदेखि जेठ ६ गतेसम्म वितरित यो संख्याले जिल्लाबासी युवायुवति दुवैको वैदेशिक रोजगारीप्रति आकर्षण बढ्दो रहेको देखाउँछ ।

राहदानी वितरणबाट चालु वर्षको वैशाख मसान्तसम्म ३ करोड १८ लाख ५ सय रुपैँया राजश्व संकलन भएको कार्यालयका लेखापाल विनोद पोखरेलले बताए । उनका अनुसार वैशाखमा मात्र २ करोड ७५ लाख ५ हजार रुपैँया राजश्व संकलन भएको छ । साउनदेखि चैतसम्म २ करोड ९० लाख ४५ हजार ५ सय उठेको लेखापाल पोखरेलले बताएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन कार्यालयका प्रवक्ता विक्रम पाण्डेका अनुसार गतवर्ष ८ हजार ३ सय ६४ जनाले राहदानी प्रमाणपत्र लिएका थिए । जसमा पुरुष ५ हजार ६ सय ४२ र महिला २ हजार ७ सय २२ जना थिए । गतवर्ष राहदानीबाट मात्र ४ करोड ६३ लाख ८५ हजार रकम राजश्व संकलन भएको प्रवक्ता पाण्डेले बताएका छन् ।

विदेशमा रहेका युवालाई फ्रि टिकटमा नेपाल फर्काएर रोजगारी र पेशा व्यवसाय गर्ने अवसर दिने प्रतिबद्धता जनाएकारवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार अहिले छ । पुराना दलहरुले युवालाई वैदेशिक रोजागरीमा जान बाध्य पारेको भन्दै स्वदेश फर्काउने नारा बोकेको रास्वपाको झण्डै दुईतिहाईको सरकार चलिरहदा पनि युवापुस्तामा विदेशमोह भने घटेको पाइएन ।

चुनावअघिको प्रतिबद्धता बमोजिम विदेशमा रहेका युवाहरुलाई फ्रि टिकटमा स्वदेश फर्काउनुको साटोसत्तारुढ रास्वपाले बरु छिटोछरितो तरिकाले राहदानी बनाएर हुलाकमार्फत घरघरमा लगिदिन थालेको छ । त्यसैगरि श्रम स्वीकृति र भिसा दिने प्रक्रियालाई खुकुलो पार्दै लगेपछि युवाशक्ति विदेश पलायन राकिने भन्दा बरु विदेश जान प्रोत्साहित गर्न थालेको जनगुनासो सुनिन थालेको छ । 

प्रकाशित: ८ जेष्ठ २०८३ १७:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App