२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

विराटनगरमा निकालियो ५९औँ राधाकृष्ण रथयात्रा

हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस वर्ष पनि भव्य रूपमा निकालिएको छ। ५९औँ संस्करणको रथयात्रा विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको हो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रथयात्राको उद्घाटन गरे। मन्दिर परिसरबाट निकालिएको रथले विराटनगर महानगरपालिकाका विभिन्न क्षेत्रको करिब ९ किलोमिटर दूरी तय गर्नेछ।

रथयात्रामा रथको अघि–पछि विभिन्न जातजातिका परम्परागत सांस्कृतिक झाँकी प्रदर्शन गरिएको छ। विराटनगरको राधाकृष्ण युगल जोडीको रथयात्रा नेपालकै ठूलो रथयात्राका रूपमा परिचित छ। रथयात्रामा सहभागी हुन नेपालका विभिन्न स्थानसँगै भारतबाट समेत हजारौँ श्रद्धालु विराटनगर आएका छन्।

रथयात्राको सुरक्षाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। रथयात्राको रुटमा ट्राफिक व्यवस्थापनका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

विराटनगरको रथयात्रा सन् १९८८ देखि खट यात्राका रूपमा सुरु भएको थियो। यस वर्ष रथयात्राका क्रममा भक्तजनले चढाएको भेटी रसुवाका बाढीपीडितका लागि सहयोगस्वरूप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने रथयात्रा मूल आयोजक समितिले जनाएको छ।

प्रकाशित: २० भाद्र २०८३ २०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App