१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

युवा दिवसमा महिला युवालाई टनेल

युवा दिवसको अवसरमा महिला पुनर्स्थापना केन्द्र ओरेक रुकुमले महिला युवा व्यवसायीलाई प्लास्टिक टनेल वितरण गरेको छ।

स्थानीय तहसँगको सहकार्यमा त्रिवेणी गाउँपालिका वडा न. ३, ४, र ५ का १८ जना महिला युवा कृषकलाई वडा न. ४ का वडा सदस्य डम्बरबहादुर खड्का र ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले टनेल हस्तान्तरण गरेकी हुन्।  

टनेलसँगै स्थानीय स्तरमा जैविक बिषादी निर्माणका लागि प्लास्टिक ड्रमसमेत वितरण गरिएको थियो। द्वन्द्व प्रभावित र अति विपन्न बेरोजगार युवा महिला व्यवसायीलाई दीगो व्यवसाय संचालन गराउने उद्देश्यले टनेल वितरण गरिएको ओरेक रुकुमका जिल्ला संयोजक धितालले बताइन्।

ओरेक रुकुमले महिला सशक्तिकरणसँगै स्वरोजगारका सवालमा पनि सहयोग गरिरहेको छ। ‘दीगो जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले महिला सशक्तिकरणसँगै स्वरोजगारका सवालमा पनि सहयोग गरिरहेको छ,’ धितालले भनिन्, ‘केही दिनभित्र जिल्लाका मुसिकोट नगरपलिकाका ६ जना र बाफिकोट गाउँपालिकाका १० जना महिला युवा कृषकलाई टनेल वितरण गरिने छ।’

प्रकाशित: २८ श्रावण २०७८ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App