५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

रिचार्जकार्ड चोरी गरी मोबाईलमा राखेपछि प्रहरीको फन्दामा

तस्बिरः चोरीमा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी ।

सन्धिखर्कका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै हिँड्ने चार नाबालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सन्धिखर्क लगायतका बजार क्षेत्रमा चोरी गर्दै हिँड्ने सन्धिखर्क नगरपालिका–११ का २६ वर्षीय किशन नेपाली, १८ वर्षीय रोशन नेपालीसहित १७, १५, १३ र १२ वर्षका चारजना नाबालक पनि पक्राउ परेका हुन्।  

सन्धिखर्क नगरपालिका वडा नम्बर १, बैंकरोडमा बाबुराम नेपालीको पसलबाट १५ सयको रिचार्ज कार्ड चोरी भएपछि रिचार्ज कार्ड प्रयोग भएको नम्बरबाट चोर पत्ता लागेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मर थापाले जानकारी दिए।

चोरीका घटनाहरु बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानको क्रममा हराएका सामग्रीसहित ६ जनालाई पक्राउ गरिएको र पक्राउ परेका ६ जनालाई चोरी मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।  

उनीहरुको साथबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल, घडी, तथा विभिन्न किराना सामानसमेत प्रहरीले बरामद गरेको छ। श्रावण महिनामा उनीहरुले सन्धिखर्कको बैंकरोडमा रहेको बाबुराम नेपालीको पसलबाट २ वटा ल्यापटप, २५ वटा मोबाइल सेट र १५ सयको रिचार्जकार्ड, सन्धिखर्क ११ जोगिमारेका राजकुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी र १ वटा ल्यापटप, बुद्धिबहादुर सेजवालको किराना पसलबाट विभिन्न किराना सामान र हिमबहादुर सेजवालको पसलबाट ५० थरीका किराना सामान चोरी गरेका थिए।

प्रकाशित: १९ श्रावण २०७८ ०७:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App