२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

उत्कृष्ट विद्यार्थीलाई ग्रिनल्याण्डको सम्मान

तस्बिर:नागरिक

विराटनगर – ९ स्थित ग्रिनल्याण्ड कलेजले विभिन्न परी क्षामा उत्कृष्ट स्थान हासिल गर्न सफल ४१ जना विद्यार्थीलाई सम्मान गरेको छ । मंगलबार कलेजले पुलचौक इन्जिनियरिङ कलेजसहित विभिन्न कलेजमा उत्कृष्ट स्थानसहित  नाम निकाल्न सफल भएका ४१ जना  विद्यार्थीलाई  सम्मान गरेको हो ।  

कलेजले  इन्जिनियरिङतर्फ छात्रवृत्ति पाउने २४ जना, बीबीएका ८ र बीएससी एजीमा छात्रवृत्ति पाउने ८ र पुलचोक इन्जिनियरिङ कलेजमा पहिलो वर्षको परिक्षामा  प्रथम स्थान हाँसिल गर्ने १  जना गरि ४१ जना विद्यार्थीलाई कलेज परिसरमा सम्मान गरेको हो । 

 ग्रिनल्याण्ड कलेजका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । ग्रीनल्याण्डका ४० विद्यार्थीहरुले भारतसहित नेपालका विभिन्न विश्वविद्यालयहरुमा उच्च शिक्षा अध्ययनका लागि यो वर्ष  पूर्ण छात्रवृत्ति प्राप्त गरेका हुन् । सम्मानित हुने विद्यार्थीहरूलाई कलेजले मायाको चिनो र फुलको गुच्छाले सम्मान गरेको थियो । उनीहरूलाई कलेजका प्रिन्सिपल पोखरेल, संचालकहरू दिनेश दाहाल, रविन्द्र घिमिरे, राजिव मिश्रालगायतले सम्मान गरेका थिए ।  

गुणस्तरीय शिक्षा प्रदान गर्ने ग्रिनल्याण्डले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको कलेजले जनाएको छ । कार्यक्रममा बोल्दै  प्रिन्सिपल पोखरेलले विद्यार्थीको उचित रेखदेख र उनीहरुको रुचि अनुसार विशेष कक्षा सहित अध्ययन गराएको कारणले सफलता प्राप्त गरेको बताए ।  

त्रिभुवन विश्वद्यालयको पुल्चोक इन्जिनियरिङ कलेजमा प्रथम वर्षको परीक्षामा प्रथम स्थान ल्याउन सफल आयुस साहले कलेजको राम्रो शैक्षिक बातावरणका कारण माथिल्लो तहमा समेत सफलता प्राप्त गर्न संभव भएको  बताए । उनले नगद १ लाख रुपैयाँ पनि प्राप्त गरेका थिए । विस २०६८ मा स्थापित उक्त कलेजमा हाल विभिन्न संकायमा गरी एक हजार ५ सय विद्यार्थी   अध्ययन गरिरहेका छन् ।  

प्रकाशित: ५ श्रावण २०७८ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App