६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सात वर्षीया बालिकालाई जबर्जस्ती गरेको आरोपमा प्रहरी पक्राउ

सात वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा सुनसरी दुहवीमा कार्यरत एक जना ट्राफिक प्रहरी पक्राउ परेका छन्। बालिकालाई जबर्जस्ती गरेको आरोपमा झापा घर भई सुनसरी दुहबीमै बस्दै आएका प्रहरी जवान शेखर चौधरी पक्राउ परेका हुन्। उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहवीले पुष्टि गरेको छ।

बालिकाका अभिभावकले प्रहरी जवान चौधरीले जबर्जस्ती करणी गरेको उजुरी दिएपछि पक्राउ गरिएको हो। पक्राउ परेका चौधरीविरुद्ध जबर्जस्ती करणीमा मुद्दा दर्ता भएर अनुसन्धान थालिएको छ।

समाजमा बढ्दै गएको दण्डहिनता, कानुन हातमा लिने प्रवृति र अपराधको राजनीतिकरणले गर्दा बालिका तथा महिलामाथि घिनलाग्दो रुप जबर्जस्ती करणीका घटना बढ्दो छ।  

डर, त्रास, धाक–धम्की, अनुचित प्रभाव, शरीर बन्धक राखेर वा होस् नभएको अवस्थामा कोही बालिका तथा महिलामाथि जबर्जस्ती गरिन्छ भने त्यसलाई नै जबर्जस्ती करणी मानिन्छ। बलात्कार गर्ने हरेकले फरकफरक शैली अपनाउने गरेको विभिन्न घटनाले देखाएको छ। कतिपयले नसालु पदार्थ खुवाएर त कतिपयले ललाईफकाई प्रलोभनमा पारेर गर्ने गरेका छन्।

बलात्कारको अधिकांश मुद्दामा पीडक बढी प्रभावशाली हुने भएकाले गर्दा उनीहरु पीडितदेखि प्रहरी सबैलाई प्रभावमा पारेर अनुसन्धानलाई कमजोर बनाउने गरेका छन्। क्षतिपूर्ति दिने बाहनामा बीचमै कुरा मिलाउनेदेखि पीडितका अगाडि इज्जतको सवाल उठाएर बयान फेराउने काम पनि हुने गरेको छ।

बलात्कारलगत्तै प्रहरीमा उजुरी र स्वास्थ्य परीक्षण गर्नुपर्ने भन्ने कुरा सबै पीडितलाई थाहा नहुँदा पनि बलात्कारका मुद्दामा प्रमाण नपुग्दा थुप्रै जनाले सहजै उन्मुक्ति पाउने गरेका छन्।

प्रकाशित: ३ श्रावण २०७८ १४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App