५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा आगलागीका घटना डरलाग्दोः तीन वर्षमा विपदबाट भएको क्षतिको ठूलो हिस्सा

फाइल तस्बिर

आगलागीबाट ताप्लेजुङमा पछिल्ला ३ वर्षमा भएका विपदका घटनामध्ये सबैभन्दा बढी क्षति आगलागीका कारण भएको पाइएको छ। जिल्ला बिपद् व्यवस्थापन समितिले दिएको जानकारी अनुसार पछिल्ला तीन आर्थिक वर्ष २०७५।७६, २०७६।०७७ र २०७७।०७८ मा भएका विपदका घटना मध्ये सबैभन्दा बढी क्षति आगलागीबाट भएको हो।  

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार आव २०७५।७६ मा ताप्लेजुङमा भएका विपद्का घटनाबाट ७ करोड १३ लाख ७७ हजार ७ सय ५० रुपैयाँको क्षति भयो। सो बराबरको क्षति मध्ये ठूलो हिस्सा अर्थात् ३ करोड ७० लाख ४७ हजार २ सय ५० रुपैयाँको क्षति भने आगलागीबाट मात्र भएको छ।  

बाढीपहिरोबाट ३ करोड ३१ लाख ९० हजार ५ सय र हावाहुरीबाट ११ लाख ४० हजार मूल्य बराबर क्षति भएको छ। यो वर्ष हावाहुरीले मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङको विद्यालयमा समेत क्षति गरेको थियो। जिल्लामा आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङ, भूकम्प, असिनापानी र जंगली जनावरबाट भएको क्षतिलाई जिल्ला विपद् व्यवस्थापन समितिले विपद्बाटै भएको क्षतिको रुपमा तथ्याङ्क राखेको छ। विपद्का कारण सो आवमा १ जना मानिसको मृत्युसंगै ६ जना घाइते भएका थिए। ८७ वटा घरमा क्षति पुगेको थियो।  

यस्तै आव २०७६।०७७ मा १५ करोड १५ लाख ७५ हजार ३ सय ५० रुपैयाँको क्षति भएकोमा आगलागीबाट मात्रै १० करोड ५३ लाख २० हजार ३ सय ५० रुपैयाँको क्षति भएको बिबरण जिल्ला विपद् व्यवस्थापन समितिले दिएको छ। सो आवमा बाढी र पहिरोबाट ४ करोड ६१ लाख ४ हजार र चट्याङबाट १ लाख ५१ हजार मूल्य बराबरको क्षति भएको थियो। विपद्का सो बेलाको घटनाबाट १ जनाको मृत्यु र ५ जना घाइते भएका थिए। ७ पशु चौपाया पनि मरेका थिए भने १ वटा घाइते भएका थिए। एक पक्कीसहित ३२ घरमा क्षति पुगेको थियो।  

विपद्का हिसावले आव २०७७।०७८ ताप्लेजुङका लागि निकै क्षतियुक्त वर्ष सावित भएको छ। यो आवमा ४ अर्ब ५ करोड ६२ लाख ५ हजार ३ सय ७९ रुपैयाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। आगलागीमा मात्रै ४ अर्ब ३ करोड ७५ लाख २१ हजार ३ सय ७९ रुपैयाँको क्षति भएको बिबरण जिल्ला विपद् व्यवस्थापन समितिले दिएको छ। बाढीपहिरोबाट १ करोेड ६७ लाख ६८ हजार, चट्याङबाट १३ लाख १६ हजार र भूकम्पबाट ६ लाख रुपैयाँको क्षति भएको छ।  

सो आवमा आगलागी र चट्याङबाट १–१ तथा बाढीपहिरोबाट ५ गरी ७ जनाको मृत्यु भएको छ। २९ वटा पशुचौपायाको मृत्यु हुँदा ७ वटा घाइते भए। १ सय २ वटा कच्ची र ६ वटा पक्कीसहित १ सय ८ घरमा क्षति पुगेको थियो।

प्रकाशित: ३ श्रावण २०७८ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App