२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रदेश १ मा ३०९ संक्रमित थपिए

प्रदेश १ मा बिहीबार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार १ सय २ जनाको पिसिआर परीक्षण गर्दा १ सय ६५ महिला र १ सय ४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङ र झापामा ९८/९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा ३/३, भोजपुरमा २, संखुवासभा र तेह्रथुममा १/१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको छ। मोरङको विराटनगरमा ६१, बेलबारीमा २२, मिक्लाजुङ, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३/३, केराबारीमा २, उर्लाबारी, सुनबर्षी, ग्रामथान र कटहरीमा १/१ जनामा कोरोना संक्रमण देखिएको छ । झापाको दमकमा २७, बिर्तामोडमा २५, भद्रपुरमा १४, मेचीनगरमा ९, कनकाईमा ८, अर्जुनधारामा ७, शिवसताक्षीमा ३, कमल गाउँपालिका, हल्दिबारी र बुद्धशान्तिमा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ।  

त्यस्तै सुनसरीको धरानमा ५१, इटहरीमा २३, बराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३/३, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिबासमा ३, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको छ । इलामका इलाम नगरपालिका, सूर्योदय र स्थानीय तह नखुलेका १/१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १/१ जनामा संक्रमण देखिएको छ। 

भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १/१, संखुवासभाको खाँदबारीमा १, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ हजार ९ सय ३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ६० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा बिहीबार ४ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ६२ पुगेको छ।

प्रकाशित: १ श्रावण २०७८ ०३:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App