७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

उमादेवी बादीलाई कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार

उमादेवी बादीलाई ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ २०७७ प्रदान गर्ने भएको छ।  मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित सो पुरस्कार बादीलाई प्रदान गर्ने निर्णय गरेको समाजले जनाएको छ।

हाल सुदुरपश्चिम प्रदेश सभा सांसद रेहकी बादीले मानव अधिकार/सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। २०७८ मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु. १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने छ।

२०१८ साल फागुन ४ गते जन्मिएकी बादीले २०६४ सालमा राष्ट्रिय बादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो बादी आन्दोलनको नेतृत्व गरेका थिए। सो आन्दोलनको परिणामस्वरुप बादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो। विपन्न दलित बादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी बादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम बिबिसीले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सुचिमा १० औं स्थानमा राखेको थियो।

प्रकाशित: २८ असार २०७८ ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App