२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

प्रदेश १ मा ७ सय ९२ संक्रमणमुक्त

प्रदेश १ मा आइतबार ७ सय ९२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकामध्ये ३ सय ५२ महिला र ४ सय ४० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६५ हजार ५ सय ३५ पुगेको छ ।

प्रदेश १ मा आइतबार ३ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३०, झापामा ९३, सुनसरीमा ५१, ताप्लेजुङमा ९, उदयपुरमा ५, पाँचथरमा ३, संखुवासभामा २, तेह्रथुम, इलाम, धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दरहरैँचामा ५४, विराटनगरमा ४३, लेटाङमा ९, बेलबारीमा ७, बुढीगंगामा ४, पथरीशनिश्चरे , रतुवामाई र उर्लाबारीमा ३–३, ग्रामथानमा २, मिक्लाजुङ र सुनबर्षीमा १–१, झापाको दमकमा २९, विर्तामोडमा १९, अर्जुनधारामा १६, कनकाईमा ८, मेचीनगरमा ५, कमल गाउँपालिका, गौरादह र शिवसताक्षीमा ३–३, झापा गाउँपालिका र बाह्रदशीमा २–२, भद्रपुर, गौरीगञ्ज र बुद्धशान्तिमा १–१, सुनसरीको इटहरीमा ३२, धरानमा ६, रामधुनीमा ४, दुहबी र इनरुवामा ३–३, बराहक्षेत्रमा २, भोक्राहानरसिंहमा १, ताप्लेजुङको मिक्वाखोलामा ६, आठराई त्रिवेणी, फक्ताङलुङ र मेरिङ्देनमा १–१, उदयपुरको त्रियुगा, ताप्ली, चौदण्डीगढी, कटारी र स्थानीय तह नखुलेका १–१, पाँचथरको फालेलुङमा ३, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, तेह्रथुमको म्याङ्लुङमा १, इलामको मांसेबुङमा १, धनकुटाको महालक्ष्मीमा १ र प्रदेश १ बाहिरका १६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७३ हजार ३८ पुगेको छ । सक्रिय संक्रमित ६ हजार २ सय २८ रहेको छ । प्रदेश १ मा आज ८ सय ३ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय १८ महिला र १ सय ९४ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २० असार २०७८ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App