८ वैशाख २०८१ शनिबार
समाज

पत्रकारलाई लोगो अंकित प्रेस ज्याकेट

बरिष्ठ पत्रकार कृष्ण आचार्यलाई प्रेस ज्याकेट प्रदान गर्दै पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री (दायाँ)। तस्बिर : नागरिक

नेपाल पत्रकार महासंघ खोटाङ शाखाले पत्रकारलाई लोगो अंकित प्रेस ज्याकेट वितरण गरेको छ। कोभिड–१९ को महामारीमा जोखिम मोलेर पत्रकारिता गरिरहेका पत्रकारलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री जुटाएर उपलव्ध गराउँदै आएको महासंघले नेपाल पत्रकार महासंघको लोगो अंकित प्रेस ज्याकेट प्रदान गरेको हो। 

समाचार संकलनका क्रममा थप सहजता मिलोस् भनेर पत्रकारलाई नेपाल पत्रकार महासंघको लोगो अंकित एप्रोन वितरण गरिएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए। महासंघको साधारण सदस्य लिएर पत्रकारिता गरिरहेका तथा महासंघको सदस्य नभए पनि पत्रकारितामा क्रियासिल पत्रकारलाई प्रेस ज्याकेट प्रदान गरिएको हो। 

दिक्तेलको भवनगैरास्थित नेपाल पत्रकार महासंघको सम्पर्क कार्यालयमा शुक्रबार बरिष्ठ पत्रकार कृष्ण आचार्य र महासंघका अध्यक्ष खत्रीले पत्रकारलाई प्रेस ज्याकेट प्रदान गरेका थिए। जिल्लामा महासंघका २६ जना साधारण सदस्य छन्। छुट भएका पत्रकारलाई क्रमशः एप्रोन उपलव्ध गराइने महासंघले जनाएको छ।  

महासंघले हाल पत्रकार आपतकालीन सहायता कोष स्थापना गरेर सहयोग रकम जुटाउने अभियान सञ्चालन गरिरहेको छ। जिल्लामा क्रियासिल पत्रकारको हितमा उपयोग गर्नेगरी स्थापना गरिएको आपतकालीन सहायता कोषमा हालसम्म ११ लाखको हाराहारीमा सहयोग रकम संकलन भइसकेको अध्यक्ष खत्रीले बताए।

प्रकाशित: १२ असार २०७८ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App