coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रोल्पाको खुङग्रीमा प्रहरी चाैकी बन्ने

ईलाका प्रहरी कार्यालय खुङग्रीको भवन शिलन्यास भएको छ। जिल्ला भित्रिने नाकाको रुपमा रहेको खुङग्रीमा ३.८ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त भवनको प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा, रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी र वडा अध्यक्ष नेत्र गिरीले संयुक्त रुपमा शिलन्यास गरेका हुन। प्रकृतीक जेभि रिबिट निर्माण कम्पनीले एक वर्ष भित्र २ करोड ३० लाखमा यो भबन निर्माण सम्पन्न गर्ने जिम्मा लिएको छ।  

अफिस भवन, मेश ब्लक, बाथरुम र स्नान गृह समेत  निर्माण  हुने भवनमा १७ कोठा रहने छन्। महिला, पुरुष हिरासत कोठा, ब्यारेक, अन्र्तवार्ता कक्ष, संरक्षक कक्ष र कार्यालय प्रमुख निवास लगायतका कोठा तयार हुनेछ। उक्त भवन निर्माणका लागि सुनिल स्मृती गाउँपालिकाले १४ लाख ७० हजारमा जग्गा खरिद गरिदिएको हो।  

तत्कालीन माओवादी १० वर्षे सशस्त्र द्वन्द्वताका भत्काईएका प्रहरी चौकिको पुर्न निर्माणले गति पाउन सकेको छैन। उतिबेला जिल्लामा २३ प्रहरी चौकी ध्वस्त बनाईएकोमा अहिले सम्म चारवटा पुर्ननिर्माण गरिएको छ भने २ वटा भवन निर्माणको अन्तिम चरणमा छन्। थवाङ र जुंगारका यि दुई भवन डिएफआईडिले बनाईदिएको हो।  

२०५६ सालमा घर्तीगाउँ ईलाका प्रहरी कार्यालयमा तत्कालीन माओवादीले आक्रमण गरे पछि ग्रामीण क्षेत्रका प्रहरी चौकी सदरमुकाम लिवाङमा सारिएका थिए। यो घटनामा प्रहरी निरीक्षक श्रीराम आचार्य सहित २१ प्रहरी मारिएका थिए। हिजो प्रहरी चौकीमा बम पड्काउदै हिड्नेहरू आज राज्य सत्ताको मुल थलोमा पुगे पनि प्रहरी चौकी लगायत आफैले ध्वस्त बनाएका अन्य संरचना पुर्ननिर्माणमा चासो दिएको पाईदैन।  

२०५२ साल फागुन १ गते देखि सुरु भएको सशस्त्र द्वन्द्वका बेला माओवादीले रोल्पाका २३ वटा प्रहरी चौकी भवन ध्वस्त पारेका थिए। द्वन्द्वकालिन समयमा ३९ स्थानमा प्रहरी बस्दै आएका थिए। शान्ति प्रकृया पछि सदरमुकाममा गाभिएका सबै प्रहरी चौकी साविककै स्थानमा पुर्नस्थापना भएका छन् तर ध्वस्त भवनको पुर्ननिर्माण नभएकाले अधिकांश प्रहरी युनिट भाडाका घरमा छन्।

तत्कालीन बिद्रोही माओवादीले प्रहरी चौकी भवन ध्वस्त बनाएका कारण आज पनि प्रहरीका लागि सरकारले रोल्पामा मात्रै वार्षिक १७ लाख बढि रुपैयाँ घरभाडा तिर्ने गरेको छ। शान्ति प्रकृया पछिको १४ वर्ष यता रोल्पाका ईलाका प्रहरी कार्यालय होलेरी, सुलिचौर, पोवाङ र घर्तीगाउँका प्रहरी भवन पुर्ननिर्माण गरिएका छन् भने नेर्पा र थवाङ चौकी निर्माण अन्तिम चरणमा पुगेको छ। गाउँका बाँकी सबै चौकी भाडाका घरमा छन्।

प्रकाशित: ११ असार २०७८ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App