३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले पुरिएर मृत्यु

सिँचाइ कुलो मर्मत गर्ने क्रममा पाँचथरको याङवरक गाउँपालिका–२ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। नुवाखोलाबाट निकालिएको कुलो मर्मत गर्ने क्रममा पहिरो खस्दा याङवरक–२ लेखेवा बस्ने ५८ वर्षीय टेकनाथ धौरालीको मृत्यु भएको हो।  

टाउको र शरीरमा ढुङ्गाले लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्स्पेक्टर डम्बर विश्वकर्माले जानकारी दिए। मृतक धौरालीलाई स्थानीय विद्यालयका शिक्षक रहेका थिए।

पहिरोमा परि सोही स्थानका ५२ वर्षीय खड्कबहादुर राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ। गाउँलेहरु भेला भएर सिँचाइ कुलो बनाउन गएका थिए।

प्रकाशित: ७ असार २०७८ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App