११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

महामारीको बेला भैंसी चोरी गर्ने पक्राउ

कोरोना महामारीको बेला मोटरसाइकल र भैंसी चोरी गर्ने गिरोहमा संलग्न भएको आरोपमा सुनसरी प्रहरीले दुई जनालाईं पक्राउ गरेको छ।  

भैंसी चोरी गर्ने भोक्राहा(नरसिंह गाउँपालिका वडा नं. ५ टपराका २२ वर्षे जियाउँदिन मन्सुरीलाई भैसी र भैसीको पाडा लैजादै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।मन्सुरीले इनरुवा नगरपालिका वडा नं. ९ बविया बस्ने रामरुप खत्वेको घरमा बाँधी राखेको चौपाया (भैंसी) चोरी गरेका हुन्। भैंसी चोरेको जानकारी प्रहरीलाई हुनासाथ गएको टोलीले भोक्राहा(नरसिंह वडा नं. ६ सुकसेना नहरछेउबाट पक्राउ गरेको हो।

उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।  

यस्तै गाउँपालिका वडा नं. १ का ओमप्रकाश यादवलाई विक्रम साहले घरमा राखेको बा. ९० प ७७९३ नम्वरको होण्डा मोटरसाईकल चोरी गरी लैजादै गरेको अवस्थामा कोशी गाउँपालिका वडा नं. ८ भाण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो। यादव मोटरसाईकलसहित पक्राउ परेका हुन्।  

पक्राउ परेका यादवलाई मुलुकी फौजदारी संहिता २०७४ अनुसुची–७ बमोजिम जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनायो। 

प्रकाशित: ६ असार २०७८ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App