१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुनकोसीमा पुरुषको शव फेला

सिन्धुलीस्थित सुनकोसी नदीको बगरमा एक जनाको शव फेला परेको छ। 

सिन्धुलीको सुनकोसी गाँउपालिका ५ मुलकोटको टापुमा अन्जादी २५/३० वर्षीय पुरुषको शव सुनकोसी नदीको बगरमा फेला परेको स्थानिय बिनोद श्रेष्ठले जनाए।  

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले बगाएर सिन्धुलीस्थित सुनकोसीको बगरमा ल्याएको हुनसक्ने स्थानियले अनुमान गरेका छन्। 

सिन्धुलीको मुलकोटमा शव फेला परेको र घट्नास्थलमा आफुहरु जादै गरेको इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर अनिल गिरीले बताए।  

प्रकाशित: २ असार २०७८ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App