८ वैशाख २०८१ शनिबार
समाज

मेलम्चीमा भिषण बाढी पहिरो, व्यापक जनधन क्षतिको आशंका

पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा व्यापक जनधनको क्षति पुर्‍याएको छ ।  

मंगलबार साँझदेखि मेलम्चीमा आएको बाढी पहिरोले हेलम्बु गाउँपालिकाको अम्बाथान हुँदै मेलम्चीबजारदेखि तल्लो तटीय क्षेत्रसम्म व्यापक क्षति पुर्‍याएको  प्रहरीले अनुमान गरेको छ । ‘अहिले अवरिल वर्ष भइरहेको छ । नदी सतह अझै बढीरहेको छ ’ जिल्ला प्रहरी कर्यालय सूचना अधिकारी डिएसी प्रकाश सपकोटाले भने, ‘ठूलो जनधनको क्षति पुर्याएको सूचना प्राप्त भएको छ ।’  

रातिको समय भएकोले क्षतिको एकिन विवरण अहिले भन्न नसकिने उनले बताए । उनका अनुसार हेलम्बूको तल्लो तीम्बु बजार बगाएको छ । त्यस भन्दा तलतिरका केही घरहरुसमेत बगाएको अनुमान छ । ‘मेलम्चीघ्याङका पुलहरुसमेत बाढीले बगाएको छ ।  खोला आसपासमा रहेका माछा लगायत केही कृषि फार्म पनि बगेका छन् । ‘केही मानवीय हताहती समेत भएको अनुमान गरिएको छ’, उनले भने ।  

हेलम्बू  गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले हेलम्बू क्षेत्रमा बाढीले धेरै क्षति पुर्याएको  बताए । ‘रातिको समय भएकोले क्षतिबारे केही बताउन नसके पनि ठूलो जनधनको क्षति पुर्याउको सहजै अनुमान गर्न सकिन्छ’,उनले भने ।  

उनका अनुसार अहिले त्यस क्षेत्रमा ज्यान जोगाउन स्थानीय भाग–दौड मच्चिरहेको छ ।  

डिएसी सपकोटाले इलाका प्रहरी कर्यालय हेलम्बू, प्रहरी चौकी तालामारङको भवनमा डुवानमा परेको बताए । प्रहरी आफै पनि असुरक्षित रहेको उनले बताए ।  

स्थानीयका अनुसार हेलम्बू कै चनौटे बजार डुबानमा छ । पश्चिमी केन्द्र मेलम्ची बजारमा बाढी पहिरोले सबै आतंक निम्त्याएको छ । नदी सतह बढेर बजार छिरेको छ । स्थानीय आमएग्री बसपार्कमा क्षति पुर्याएको छ । रेडियो मेलम्ची भवन डुवानमा छ । नजिकै को झोलुंगे पुल नदीले नाग्न खोजिरहेको छ । सँगैको मोटोरेबल पुल समेत जोखिममा छ । मध्यराति सम्म स्थानीय ज्यान जोगाउन रुवावासी गर्दै भाग–दौड गरिरहेका छन् । स्थानीय पत्रकार देवराज सुवेदीका अनुसार बजारबासी भागेर सुरक्षित स्थल खोज्दै टार  क्षेत्रमा आएका छन् । ‘यहाँ ठूलो मानवीय  मानवीय क्षतिको  आशंका छ’,  उनले भने ।  

मेलम्ची खोलाको मुहान हेलम्बू क्षेत्रबाट विभिन्न ठाउँमा पहिरो निम्तिएपछि नदी सतह बढेको स्थानीय बताउँछन् । पहिरोले नदी थुन्दै फेरि फुट्दै गर्ने भएपछि तल्लोका केही क्षेत्रमा क्षति पुगेको स्थानीयको भनाइ छ ।  

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानको नजिकै रहेको हेडवर्क्स  आसपासमासमेत पहिरो गएको स्थानीयले बताए ।  

आयोजनोको हेडवर्क्स  र सुरुङमा क्षति भए नभएको  एकिन छैन् । आयोजनाले मेलम्चीदेखि सुन्दरीजल आइपुगेको पानी सुरुङ मार्फत मुहानस्थलनमै फर्काए पछि मेलम्ची नदीको सतह  मंगलबार देखि उसैपनि बढेको थियो ।  

प्रकाशित: १ असार २०७८ १८:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App