३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

रुखको हाँगाले किचेर कामदारको मृत्यु

उदयपुरको एक सामुदायिक वन समूहको रुखको हाँगोले किच्दा कामदारको मृत्यु भएको छ। बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका ७ पानीधारेस्थित जंगलमा रुख काट्ने क्रममा हाँगोले किच्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८ धितुङका २२ वर्षीय सरोज राईको मृत्यु भएको प्रहरीले जनाएको छ।  

आईतबार मध्यान्ह १२ बजेको समयमा रुख ढाल्ने कामदार रहेका राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रत्यक्षदर्शी कामदारलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार ढालेको रुखको हाँगो टाउकोमाथि बज्रन पुग्दा राईको तत्काल मृत्यु भएको हो। प्रहरीका अनुसार डिभिजन वन कार्यालय उदयपुरबाट कटान आदेश लिएर वन समूहले रुख काट्न खटाएका मजदुरमध्ये राई पनि एक थिए।

घट्नाबारे बुझेर सर्जमिन मुचुल्का तयार गर्नका लागि जिल्ला प्रहरीले निरीक्षक कमाण्डको टोली घट्नास्थल खटाएको जनाएको छ। घट्नाबारे कानुनी प्रक्रिया पुरा गरेपछि टोलीले मृतकको लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याउने तथा आफन्तलाई खवर गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी भीम दाहालले बताएका छन्।

प्रकाशित: ३० जेष्ठ २०७८ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App